आइतबार, मंसिर ९ गते २०८१

पोखरा महानगरपालिकाले १० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै

पोखरा महानगरपालिकाले १० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै

अखबार दैनिक
सोमबार, भदौ २४ २०८१
  • पोखरा महानगरपालिकाले १० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै

    पोखरा महानगरपालिकाले चिनियाँ भाषा शिक्षालाई विद्यालयहरूमा निशुल्क रूपमा भित्र्याउने महत्वपूर्ण कदम चालेको छ। पोखरा महानगर र चिनियाँ दूतावासबीच भएको सम्झौताअनुसार, १० वटा माध्यमिक विद्यालयमा चिनियाँ भाषा कक्षा सञ्चालन गर्न १० जना भोलिन्टियर शिक्षकहरू पोखरा आइपुगेका छन्। अङ्ग्रेजीलाई माध्यामभाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म यी विद्यालयहरूमा कक्षा सञ्चालन गरिनेछ।

    images

    पोखराका मेयर  आचार्यको नेतृत्वमा भएको यो महत्वपूर्ण पहलले शहरको शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै पर्यटन प्रवर्द्धनमा पनि विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको भाषिक ज्ञान दिलाएर, पोखरालाई पर्यटनका लागि अझ प्रगाढ गन्तव्य बनाउन सहयोग पुर्‍याउनेछ।

    महानगर प्रमुख आचार्यको दीर्घकालीन योजना अन्तर्गत चिनियाँ भाषा शिक्षाको यो पहलले शिक्षा र पर्यटनको क्षेत्रमा एक ऐतिहासिक कोसेढुङ्गा सावित हुनेछ।

    चिनियाँ भाषा कक्षा सञ्चालन हुने विद्यालयहरूमा निम्न विद्यालयहरू समावेश छन्:
    १.पार्दी माध्यमिक विद्यालय, पार्दी
    २.बालमन्दिर माध्यमिक विद्यालय, नदीपुर
    ३. जनप्रकाश माध्यमिक विद्यालय, भण्डारढिक
    ४. छोरेपाटन माध्यमिक विद्यालय, छोरेपाटन
    ५. लक्ष्मी आदर्श माध्यमिक विद्यालय, सिसुवा
    ६. गौरीशंकर माध्यमिक विद्यालय, हेम्जा
    ७.  विष्णु पादुका माध्यमिक विद्यालय, हेम्जा
    ८. राष्ट्रिय माध्यमिक विद्यालय, टुँडिखेल
    ९. लक्ष्मी माध्यमिक विद्यालय, अर्घौँ
    १०. जनप्रिय माध्यमिक विद्यालय, सिमलचौर

    प्रतिक्रिया दिनुहोस

    थप समाचार