बिहीबार , असोज ३ गते २०८१

चलचित्र ‘१२ गाउँ’ को पहिलो गीत सार्वजनिक

चलचित्र ‘१२ गाउँ’ को पहिलो गीत सार्वजनिक

अखबार दैनिक
सोमबार, भदौ २४ २०८१
  • चलचित्र ‘१२ गाउँ’ को पहिलो गीत सार्वजनिक

    काठमाडौं । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको नयाँ नेपाली चलचित्र ‘१२ गाउँ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सिनेमा हेर्न जाउँ’ बोलको रोमान्टिक गीतमा डेव्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।

    images

    गुजराती तथा दक्षिण भारतीय फिल्म तथा टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले नेपाली चलचित्रमा डेव्यु गरेकी हुन् । उनी र समीर सार्वजनिक गीतको भिडियोमा रोमान्टिक अवतारमा प्रस्तुत छन् । 

    सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर सुन्न सकिन्छ । चलचित्रको यसअघि सार्वजनिक पोस्टर र एक्सन टीजरले दर्शकमाझ उच्च हाइप बनेको छ । 

    यो चलचित्रबाट दुई अभिनेत्री मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशासहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

    विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ