बुधबार, कात्तिक ७ गते २०८१

इन्दिरा आईभीएफ नेपालले पायो क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युटको मान्यता

इन्दिरा आईभीएफ नेपालले पायो क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युटको मान्यता

अखबार दैनिक
सोमबार, भदौ २४ २०८१
  • इन्दिरा आईभीएफ नेपालले पायो क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युटको मान्यता

    काठमाडौं। इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (ART) सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट(QAI)बाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ।

    images

    यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एव परदर्शी प्रक्रियाहरू प्रति इन्दिरा आईभी एफको प्रतिबद्धतालाई बलियो बनाउने जनाइएको छ।अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्नेगरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ, नेपालको समर्पणको प्रमाणस्वरूप(QAI) प्रमाणीकरण प्राप्त भएको हो।

    यसबाहेक यसले क्लिनिकको सफलता दरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई समेत उजागर गर्छ। बिरामीहरूको लागि यो मान्यता सुरक्षित, भरपर्दो र उन्नत प्रजनन उपचारको ग्यारेन्टीहो भने यसले इन्दिरा आईभी एफ नेपालमा उच्चस्तरको स्वास्थ्य सेवा प्राप्त हुन्छ भन्ने समेत सुनिश्चित गर्दछ।

    यस उपलब्धिका बारेमा टिप्पणी गर्दै इन्दिरा आईभीएफ नेपालकी केन्द्रप्रमुख तथा आईभीएफ विशेषज्ञडा. नेहा होमागाईँले भनिन्, “इन्दिरा आईभीएफ नेपालमा हामीले सधैं निजिकृत दृष्टिकोणको साथमा उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएका छौं।हाम्रो ढोकाबाट प्रवेशगर्ने हरेक बिरामीले आफ्नो विशिष्ट आवश्यकता अनुरूपटप-नचकेयरको अपेक्षा गर्न सक्छन्।बढ्दो जवाफदेहिता र विकसित नीतिहरूसँगै नेपालमा प्रजनन उपचारमा महत्त्वपूर्ण परिवर्तनहरू भइरहेका छन्। (QAI)को कठोर मापदण्डहरू पूरा गर्ने हाम्रो प्रयासले हामीलाई हाम्रा बिरामीहरूलाई इथिकल र पेसेन्ट-फर्स्ट शैलीमा उपचार गर्न सक्नेगरी सशक्त बनाएको छ।”

    INDIRA IVF- 2.jpg

    क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युट का प्रमुख कार्यकारी अधिकृत डा. बीके राणालेभने, “भारतको प्रख्यात र सबैभन्दा ठूलो आईभीएफ हस्पिटल चेनइन्दिरा आईभीएफले भर्खरै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ र अहिले यो नयाँ केन्द्र नेपालकै पहिलो केन्द्र भएको छ। द्वारा प्राप्त यस मान्यताले उत्कृष्ट प्रजनन उपचारको लागि आफ्नो प्रतिबद्धता स्थापित गर्न अग्रसर इन्दिरा आईभीएफको लागि एक महत्वपूर्ण कोसेढुंगा हो।हामीलाई साइटमा पुगेरमूल्यांकन गर्ने क्रममा उहाँहरूले पुर्याउनु भएकोसहयोगका लागिहार्दिक धन्यवाद व्यक्त गर्दछौं।सकारात्मक मनोवृत्तिका साथ खुलारूपमा आफ्ना अनुभवहरू साट्दै बिरामीहरूको आवश्यकता बुझ्ने र तदनुरूप सहायता गर्ने मान्यता प्राप्त इन्दिरा आईभीएफ नेपाललाई हामी उहाँहरूको समर्पण, जोश र विशेषज्ञताको विशेष कदर र प्रशंसा गर्दछौं।”

    क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (QAI) को एआरटीकेन्द्र अक्रिडिटेसन कार्यक्रम एआरटी केन्द्रहरूका सेवाहरूमा गुणस्तर, सुरक्षा, विश्वसनीयता र पारदर्शिता ल्याउन विकसित गरिएकोहो। यी मापदण्डहरू अद्वितीय र नेपालका साथै विश्वका धेरै भागहरूमा यस किसिमको पहिलो विशेषता मान्यताहरू हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ