सोमबार, भदौ ३१ गते २०८१

आज हरितालिका तिज,भगवान शिवको पुजा आरधाना गरी मनाइँदै

आज हरितालिका तिज,भगवान शिवको पुजा आरधाना गरी मनाइँदै

अखबार दैनिक
शुक्रबार, भदौ २१ २०८१
  • आज हरितालिका तिज,भगवान शिवको पुजा आरधाना गरी मनाइँदै

    काठमाडौं । आज हरितालिका तिज । आज व्रत बसी भगवान शिवको पुजा आरधाना गरी मनाइँदै छ । धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका तिजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

    images

    तीजको व्रत अन्य व्रत भन्दा फरक ढङ्गले लिइन्छ। यस दिन पानीसम्म पनि नखाई व्रर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन्। यसै दिन माता पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।

    व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । 

    धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका तिजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । 

    तिजको धार्मिक महत्व 
    हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी माता पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। माता पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्। यसरी माता पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

    विकृतिमा परिणत हुँदै तीजको संस्कृति
    पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  समाजशास्त्री कीर्तिकुमार राईको धारणा छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् ।

    एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । नारीका दुःख, सुखका कथा, व्यथा, समाजको जीवन्त चित्रणलाई तीजको गीतमार्फत् प्रस्तुत गरिँदै आएकामा यसको मौलिकता हराउँदै उच्छृङ्खलपूर्ण गायन एवं छायाङ्कनले पछिल्लो समय स्थान पाएको छ । यस्ता गतिविधिमा सम्बन्धित सबै निकायले ध्यान दिन जरुरी छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ