सोमबार, भदौ ३१ गते २०८१

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

अखबार दैनिक
बुधबार, भदौ १९ २०८१
  • चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधबार निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै रिलिज डेट पनि घोषणा गरेको हो । यो चलचित्र पुस २६ गते रिलिज हुने बताइएको छ । 

    images

    पोस्टरमा चलचित्रका मुख्य पात्र दयाहाङ राई र सिर्जनालाई देखाइएको छ । आँगनमा बिर्को खोलिएको ग्यालिनबाट रक्सी पोखिएको छ । पृष्ठभूमीमा दुईवटा घर छन् । माथिल्लो लेक वा हिमाली बस्ती हो भन्ने यी घर र पात्रको पहिरनले बताएको छ ।  माथिल्लो लेक वा हिमाली बस्तीमा दुःख गरेर बस्ने एक परिवारको कथा भन्ने संकेत यो पोस्टरले गरेको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

    यम शेर्पा निर्देशित चलचित्र सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा सिनेमा निर्माण गरिएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ । चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ