सोमबार, भदौ ३१ गते २०८१

काठमाडौंमा निरन्तर बढ्दै हैजा, देशभर संक्रमितको संख्या ७८ पुग्यो

काठमाडौंमा निरन्तर बढ्दै हैजा, देशभर संक्रमितको संख्या ७८ पुग्यो

अखबार दैनिक
मंगलबार, भदौ १८ २०८१
  • काठमाडौंमा निरन्तर बढ्दै हैजा, देशभर संक्रमितको संख्या ७८ पुग्यो

    काठमाडौं । यो वर्ष (सन् २०२४) को १९ जुलाईयता २ सेप्टेम्बरसम्म ६ जिल्लाका ७८ जनामा हैजा पुष्टि भएको छ । काठमाडौंमा निरन्तर हैजा संक्रमण बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ  । यो वर्ष सबैभन्दा धेरै हैजा संक्रमित ललितपुरमा देखिएका छन् । यो अवधिमा ललितपुरमा ५१ जनामा हैजा पुष्टि भएको छ । 

    images

    यस्तै, काठमाडौंमा १२, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा दुई र मकवानपुरमा एकजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको  छ । संक्रमित हुनेमा ३६ जना महिला र ४२ पुरुष छन् । १४ वर्षमुनिका १२ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा संक्रमणको मुख्य कारण दूषित पिउने पानी नै भएको ईडीसीडीले जनाएको छ ।

    ईडीसीडीद्वारा सार्वजनिक रिपोर्टमा काठमाडौं र ललितपुरमा हैजा फैलिनुका कारणहरूमा शुद्धीकरण नगरिएको पिउने पानी, भारी वर्षापछि फुटेका ढल मिसिएको पानी, अव्यवस्थित सहरीकरण र असुरक्षित खानेपानीका स्रोतहरू भएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ