काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’ ले केही हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ ।आईएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीन हल, गोंगबुस्थित बीएसआर मुभिज, सामाखुसीस्थित क्यूएफएक्सको सिटी स्क्वायर हल र नेपालगञ्जको सिने रोयलमा हलमा फिल्मले शनिबार ५१ दिन मनायो ।उक्त समारोहमा उपसभामुख इन्दिरा राना, कलाकार, निर्माता, निर्देशकसहित फिल्मको टोली सहभागी थियो ।
असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको पनि अभिनय छ । फिल्मले ५१ औं दिनसम्म साढे ५ करोडको व्यापार गरेको जनाइएको छ ।
फिल्म दुई करोड रुपैयाँको लागतमा निर्माण भएको हो । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित फिल्मलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन् ।