सोमबार, भदौ ३१ गते २०८१

कान्तिपुर कोलोनी आसपास चितुवा, मानवीय क्षतिको भय

कान्तिपुर कोलोनी आसपास चितुवा, मानवीय क्षतिको भय

अखबार दैनिक
शुक्रबार, भदौ १४ २०८१
  • कान्तिपुर कोलोनी आसपास चितुवा, मानवीय क्षतिको भय

    ललितपुर । ललितपुर महानगरपालिका वडा-१४ स्थित कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएपछि स्थानीय वासिन्दा त्रसित भएका छन्। ललितपुरको सातदोबाटोबाट दुई किलोमिटर दूरीमा रहेको कोलोनी आसापास चितुवा कसरी आइपुग्यो भन्नेमा स्थानीय अनविज्ञ छन् ।

    images

    कोलानी नजिकैको झाडीमा तीनवटा चितुवा हुनसक्ने स्थानीयको भनाइ छ । उनीहरुले मोबाइलबाट भिडियो समेत खिचेका छन् । तर, त्यसमा संख्या एक्किन हुँदैन । स्थानीयका भनाइमा दुईवटा बच्चासहित कम्तिमा एउटा वयस्क चितुवा सो क्षेत्रमा बसिरहेको छ ।

    कान्तिपुर कोलानी टोल विकास संस्थाको अध्यक्ष जितेन्द्रबहादुर भण्डारीले अनलाइनखबरसँग कुरा गर्दै भने ‘कोलोनी आसपासको झाडिमा चितुवा छ। टोलका सामुदायिक कुकुरहरु एकएक गर्दै खाइरहेको छ । हामी मानवीय क्षतिको त्रासमा छौं।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ