बिहीबार , असोज ३ गते २०८१

चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

अखबार दैनिक
बिहीबार , भदौ १३ २०८१
  • चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक टिजरमा मुख्य कलाकार जितु नेपाललाई प्राथमिकता दिइएको छ । नायिका नीति शाहलाई पनि टिजरमा देख्न सकिन्छ । 

    images

    चलचित्रमा जितु र नीतिसँगै वुद्धि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्तलगायत कलाकारको अभिनय छ । 

    मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रका निर्देशक वसन्त निरौला हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा शंकर धितालको लेखन छ । सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । चलचित्र दसैँको फूलपातीको अवसर पारेर असोज २४ गतेबाट रिलिजमा हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ