काठमाडौँ । बेलायती अभिनेता जेमी बेकन काठमाडौँ आएका छन् । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।
बुधबारबाट छायांकन सुरु हुने फिल्म ‘एक्लो’ अभिनयका लागि उनी नेपाल आएका हुन् । उनलाई निर्देशक प्रदीप शाही, अभिनेत्री दिया पुन, कविता नेपाली लगायतले ढाकाटोपी र फूलमालामा स्वागत गरे । बेकन यो फिल्मको लागि बेलायती निर्माण साझेदारको रूपमा समेत छन् । फिल्मले नेपाल र बेलायतबिच बलियो सम्बन्ध बनाउने उनको विश्वास छ । फिल्म प्रदीप शाहीले निर्देशन गर्न लागेका हुन् । अभिनेता बेकन ३० दिन नेपालमा रहनेछन् ।