बुधबार, कात्तिक ७ गते २०८१

ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, अस्पतालमा बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा आउँदै

ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, अस्पतालमा बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा आउँदै

अखबार दैनिक
मंगलबार, भदौ ११ २०८१
  • ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, अस्पतालमा बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा आउँदै

    काठमाडौं । टोखा ५ मा बसुन्धारामा अवस्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो स्थापनाको २९ औँ वार्षिकोत्सव मनाएको छ । आज अस्पताल प्राङगणमा बिहान कृष्ण भगवानको पुजा अर्चनापछि रक्तदान, त्यसपछि पत्रकार भेटघाट, उत्कृष्ट कर्मचारी सम्मान पश्चात सांस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव समापन भएको थियो ।

    images

    २०५२ सालमा स्थापना भएको यस अस्पतालले सुरुमा महाराजगञ्ज चोकमा ईशान बाल नर्सिङ्ग होमको रुपमा १५ शैयाको अस्पताल सुरु गरेको थियो । बाल अस्पतालको सफलतापछि त्यसमा महिला सेवा थपि २५ शैयाको अस्पतालमा स्तरोन्नती गर्दै ईशान बाल नर्सिङ्ग तथा प्रसुती गृहको रुपमा गुणस्तरीय तथा सर्बसुलभ सेवाको शुरुवात भएको थियो ।

    उक्त अस्पताल २०६३ सालमा बसुन्धारा चोकमा सरी ईशान बाल तथा महिला अस्पतालको नामबाट सेवा शुरु भयो । २०७९ वैशाख २४ गतेबाट टोखा–५ मा रहेको आफ्नै अत्याधुनिक भवनबाट सेवा सुरु गरेको अस्पतालले ५० बेडको मान्यता प्राप्त गरेको छ । आगामी दिनमा १०० बेडको बनाउने योजना अस्पतालले लिएको छ । नयाँ भवन बिरामी तथा वातावरण मैत्री आफ्नै आधुनिक भवनमा हस्पिटालिटिलाई विशेष रुपमा ध्यानमा राखी अन्तराष्ट्रिय मापदण्डको बाल, महिला तथा वयस्क विषयहरुको मल्टि स्पेशलिटी (बहुविशेषता) र सुपरस्पेशलिटी (उत्कृष्ट विशेषता) को सेवाहरु दिईरहेको छ ।

    आजको कार्यक्रममा अस्पतालले उत्कृष्ट कर्मचारीहरुलाई नगदसहित सम्मान गरेको छ । आगामी वर्ष उत्कृष्ट पत्रकारलाई समेत सम्मान गर्ने अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीले बताएका छन् । कार्यक्रममा कार्यकारी निर्देशक चौधरीले २९ वर्षदेखि अहिलेसम्म विश्वास राखी सेवा गर्ने मौका दिइरहेको विषयमा विशेषज्ञ सेवाहरु, संस्थाले गरिरहेको प्रगति, भविष्यका महत्वकांक्षी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।

    इशान अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै एमडी पेडियाट्रिक विशेषज्ञ रजिष्ट्रारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रसुती, हाडजोर्नी सम्बन्धमा दुर्घटना तथा आघातसम्बन्धी सम्पूर्ण इमरजेन्सि सेवाहरु उपलब्ध हुनुको साथै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्ट्रासाउन्ड, एक्स–रे, फार्मेसी र गुणस्तरीय क्यान्टिन सेवा पनि रहेको छ ।

    WhatsAp.jpg

    अस्पतालमा हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म जेनरल बाल रोग, नवजात शिशु उपचार सेवा, शिशु तथा बाल शल्यकृया र बाल युरोलोजी सेवा, बाल हाडजोर्नी सेवा, स्त्री तथा प्रसुती सेवा प्रदान गर्दै आएको छ । त्यस्तै विशेषज्ञ सेवाहरुमा बाल नाक, कान, घाँटी, बाल आँखा रोग, बाल दन्त रोग सेवा उपचार, बाल हेमाटोलोजी–अनकोलोजी उपचार, बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल इन्डोस्कोपी, कोलोनोस्कोपी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल नेफ्रोलाजी, बाल पल्मोनोलोजीको उपचार हुँदै आएको छ ।

    अनुभवी तथा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट हरेक दिन (शनिबार समेत) बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निम्न सेवाहरु उपलब्ध छन् जसमा: जेनरल बाल रोग, नवजात शिशु उपचार सेवा, शिशु तथा बाल शल्यकृया र बाल युरोलोजी सेवा, बाल हाडजोर्नी सेवा, स्त्री तथा प्रसुती सेवा, विशेषज्ञ सेवाहरुमा:  बाल नाक, कान, घाँटी, बाल आँखा रोग, बाल दन्त रोग सेवा उपचार, बाल हेमाटोलोजी–अनकोलोजी उपचार, बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल इन्डोस्कोपी, कोलोनोस्कोपी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल नेफ्रोलाजी, बाल पल्मोनोलोजी जस्ता सेवाहरु दिँदै आएको छ ।

    त्यस्तै अस्पतालमा आइसियू, (एनआइससियू, पिआइसियू, स्पेशल आइसियू), एचडियू, प्रत्येक दिन खोप सेवा, पेडियाट्रिक इको, अल्ट्रासाउण्ड र छिट्टै पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण सेवा र सिटि स्क्यान सुविधा सुरु हुन लागेको कार्यक्रमममा जानकारी दिइएको थियो ।

    इशानलले फिजियोथेरापी तथा रिहेविलिटेशन सम्बन्धी सेवा, निसन्तान क्लिनिक (आइभिएफ), ब्लड बैंक सेवा उपलब्ध रहेको छ । त्यस्तै पेडियाट्रिक ल्याप्रोस्कोपिक सर्जरी र एडल्ट (वयस्क) ल्याप्रोस्कोपि, गाइनोलोजी एण्ड अब्सट्रेरिक (प्रशुती) ल्याप्रोस्कोपिक सर्जरी पनि भइरहेको छ । यसै वर्षदेखि पेडियाट्रिक तथा वयस्क इन्डोस्कोपी र कोलोनोस्कोपी सेवाहरु पनि सुरु गरिसकेको अस्पतालले जनाएको छ ।

    इशानमा हाल ८७ जना विभिन्न बरिष्ठ विशेषज्ञहरुसहित बाल रोग, बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयहरुका सुपर स्पेशलिटी र मल्टिस्पेशलिटी विशेषज्ञ सेवाहरु समेत उपलब्ध रहेको छ । सिएसआर अन्तर्गत अस्पतालले टोखा वडा नं. ५ का स्थानीयबासीको स्वास्थ्य उपचार सेवामा विशेष छुट दिँदै आएको छ । त्यस्तै विभिन्न सामाजिक संस्था, विद्यालय, बैंक र इन्स्योरेन्ससँग एमओई गरेर विशेष दिँदै आएको छ ।

    अस्पताल व्यवस्थापनले इशानलाई “शस्तो मूल्यमा गुणस्तरीय सेवा” को सिद्धान्त अनुरुप यस अस्पताललाई सेन्टर अफ एक्सीलेन्स बनाई नेपालमा मेडिकल टुरिजमको रुपमा परिवर्तन गर्ने योजना बनाएको अस्पतालले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ