शुक्रबार, मंसिर १४ गते २०८१

जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध

जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध

अखबार दैनिक
मंगलबार, भदौ ११ २०८१
  • जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध

    दक्षिण जापानमा मंगलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवा अवरुद्ध भएका छन् । ‘टाइफुन सानसान’ प्रतिघण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन्  । 

    images

    भारी वर्षाका कारण हामामात्सु र टोयोहाशीको मध्यसहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो । जापान एयरलाइन्सले मंगलबार र बुधबार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ । 

    मध्य सिजुओका क्षेत्रमा भारी वर्षा र सम्भावित भूस्खलन र दक्षिणी अमामी क्षेत्रमा आँधीको चेतावनी दिँदै जापान मौसम विज्ञान विभागले त्यहाँका बासिन्दालाई सम्भावित खतरनाक ठाउँमा नबस्न आग्रह गरेको छ । ‘टाइफुन सानसान’ यस हप्ताको अन्त्यमा मुख्य दक्षिणी टापु क्युशुतर्फ लाग्ने अपेक्षा गरिएको छ । 
    जापानमा आएको आँधीले यस महिना सयौं उडान र रेल सेवा अवरुद्ध गरेको छ । भारी वर्षाको बावजुद टाइफुन सानसानले टोकियो सहर पार गरी प्रशान्त तटतर्फ अघि बडेकाले सहरमा सामान्य क्षति पुगेको छ । 

    तटीयरेखाको नजिकमा रहेका क्षेत्रमा बारम्बार आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव तीव्र र लामो समयसम्म रहने गत महिना जारी एक अध्ययनले जनाएको छ । रासस/एएफपी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार