बुधबार, कात्तिक ७ गते २०८१

देशभर ५ हजार ११९ जनामा डेंगु संक्रमण, ३ जनाको मृत्यु

देशभर ५ हजार ११९ जनामा डेंगु संक्रमण, ३ जनाको मृत्यु

अखबार दैनिक
आइतबार, भदौ ९ २०८१
  • देशभर ५ हजार ११९ जनामा डेंगु संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ५ हजार ११९ जना संक्रमितमध्ये तीन जनाको मृत्यु भएको हो । मृत्यु भएका डेंगु संक्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले जनाएको छ ।

    images

    देशभर ७७ मध्ये ७५ जिल्लामा डेंगी संक्रमण देखिएको छ भने तनहुँका १ हजार ४५ जनामा डेंगी संक्रमण देखिएको छ । यो जिल्लामा मात्रै एक हजार बढी डेंगु संक्रमित छन् । नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । सरकारी तथ्यांक अनुसार हुम्ला र मुस्ताङ मात्रै डेंगु संक्रमणबाट सुरक्षित रहेको छ । देशभर ७५ जिल्लामा ५ हजार बढीमा डेंगु पुष्टि भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ