बुधबार, कात्तिक ७ गते २०८१

मकवानपुरमा पनि देखियो हैजा, संक्रमितको संख्या ६७ पुग्यो

मकवानपुरमा पनि देखियो हैजा, संक्रमितको संख्या ६७ पुग्यो

अखबार दैनिक
आइतबार, भदौ ९ २०८१
  • मकवानपुरमा पनि देखियो हैजा, संक्रमितको संख्या ६७ पुग्यो

    काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । २३ अगष्टसम्म ६ जिल्लाका ६७ जनामा हैजा पुष्टि भएको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

    images

    पछिल्लोपटक २१ अगष्टमा मकवानपुरमा पनि दुईजनामा हैजा पुष्टि भएको छ । ललितपुरमा सबैभन्दा धेरै ४७ जना संक्रमित भएका छन् । काठमाडौंमा ९, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको  छ । संक्रमित हुनेमा ३० जना महिला र ३७ पुरुष छन् ।  १४ वर्षमुनिका ९ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ