बिहीबार , असोज ३ गते २०८१

चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक

चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक

अखबार दैनिक
शुक्रबार, साउन ३२ २०८१
  • चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरेको टिजरमा एक्सनलाई प्राथमिकता दिएको छ । चलचित्रका मुख्य कलाकार सिमीर भट्ट, विराज भट्टलगायत फिचर्ड छन् ।  

    images

    यो चलचित्रको मुख्य भूमिकामा समीर छन् । सीमर यही चलचित्रमार्फत नेपालीचलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन् ।

    चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर ९इकु०, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

    विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ