बुधबार, कात्तिक ७ गते २०८१

मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

अखबार दैनिक
बिहीबार , साउन ३१ २०८१
  • मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स (एमपक्स) प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अब मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरुमा पनि यो प्रकोप फैलिरहेको बताइएको छ ।

    images

    यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए ।

    बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको संक्रमण हुने गर्दछ । यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ । यसको लक्षण फ्लू जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ