आइतबार, मंसिर ९ गते २०८१

आबुखैरेनीमा तोकिएको मिति भन्दा अगावै पक्की पुल निर्माण

आबुखैरेनीमा तोकिएको मिति भन्दा अगावै पक्की पुल निर्माण

बुधबार, साउन ३० २०८१
  • आबुखैरेनीमा तोकिएको मिति भन्दा अगावै पक्की पुल निर्माण

    तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ को सिमानामा पर्ने खहरेखोलामा पक्की पुल निर्माण भएको छ । दुई करोड ६२ लाख ५७ हजार रुपैयाँको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो ।

    images

    जिल्ला पूूर्वाधार विकास कार्यालय तनहुँकाअनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माणको काम पूरा भएको हो । निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा पूर्वाधार विकास कार्यालयका पदाधिकारीले हिजो सम्मान समेत गरेका छन् ।

    पूर्वाधार विकास कार्यालयसँग २०८० मङ्सिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनको भीमज्योति–छिम्केश्वरी जेभीले ठेक्का सम्झौता गरेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार