सोमबार, भदौ ३१ गते २०८१

चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक

अखबार दैनिक
मंगलबार, साउन २९ २०८१
  • चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ‘रावायण’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।  रेभन आरती सिंहको संगीत रहेको गीतमा डाक्टर कृष्णहरि बरालको शब्दरचना छ भने गीतमा नकास अजिजको स्वर छ । 

    images

    निर्देशक सुदर्शन थापालाई पनि भिडियोमा देख्न सकिन्छ । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । 

    चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ललगायतको अभिनय छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ