सोमबार, भदौ ३१ गते २०८१

फिल्म ‘ज्वाइँ साब’को प्रदर्शन मिति घोषणा

फिल्म ‘ज्वाइँ साब’को प्रदर्शन मिति घोषणा

अखबार दैनिक
मंगलबार, साउन २९ २०८१
  • फिल्म ‘ज्वाइँ साब’को प्रदर्शन मिति घोषणा

    काठमाडौं । वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै दसैं फूलपाति अर्थात असोज २४ गतेलाई रिलिज डेटको रुपमा तय गरेका हुन् ।

    images

    उक्त मितिमा ‘छक्कापञ्जा ५’ समेत रिलिज हुँदैछ । ‘ज्वाइँ साब’लाई उक्त मितिमा देशभरका हलमा रिलिज गर्ने जानकारी निर्माताले गराएका छन् । एक गीतको सुटिङ बाँकी छ ।

    अहिले यो फिल्म सम्पादनको चरणमा छ । दसैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माता देखिन्छन् । राजकुमार पण्डितको प्रस्तुतिमा तयार फिल्मको शीर्ष भूमिकामा अभिनेता जितु नेपाल छन् ।

    jitnepal_nitishah_jwaisaab1.jpg

    उनको अपोजिटमा अभिनेत्री नीति शाह देखिनेछिन् । साथमा, यो फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय हुने जनाइएको छ ।

    प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाह गरेर फूलपातिमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

    रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ