सोमबार, भदौ ३१ गते २०८१

चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

अखबार दैनिक
सोमबार, साउन २८ २०८१
  • चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

    काठमाडौं । साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् ।

    images

    गीतमा बाबुल गिरीको संगीतमा स्वर करण परियार र अन्नु चौधरीको स्वर छ भने एरेञ्जको काम धनबहादुर गिरी (बाबुल)ले नै गरेका छन् । 

    राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् ।

    शिव ढकालको छायांकन रहेको चलचित्रमा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ