मुकेश अम्बानीको रिलायन्स इण्डट्रिजले एकैपटक ४२ हजार कामदारलाई हटाएको छ। आफ्ना ११ प्रतिशत कामदारलाई हटाइएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
कम्पनीले रिटेल कारोबार गर्ने कम्पनीहरूको वृद्धि कम देखिएको र केही स्टोरहरू नै बन्द गर्न परेपछि खर्च घटाउने रणनीति अनुसार कामदार कटौती गरिएको हो। रिलायन्स रिटेलबाट धेरै कर्मचारी कटौती भएको हो। रिलायन्स रिटेलमा यसअघि दुई लाख ४५ हजार पाँच सय ८१ कर्मचारी रहेकोमा सन् २०२४ मा घटेर दुई लाख सात हजार पाँच सय ५५ मा सीमित भएको हो।
रिलायन्स साम्राज्यमा रिलायन्स रिटेलको हिस्सा ६० प्रतिशत बराबर रहेको सञ्चार माध्यमले उल्लेख गरेका छन्। अघिल्लो वर्षभन्दा स्वेच्छिक रूपमा जागिर छाेड्नेको संख्या निकै कम रहेको समेत समाचारहरूमा उल्लेख छ।