सोमबार, भदौ ३१ गते २०८१

निशान र समीक्षाले गाए ‘ज्वाइँ साब’को गीत

निशान र समीक्षाले गाए ‘ज्वाइँ साब’को गीत

अखबार दैनिक
सोमबार, साउन २८ २०८१
  • निशान र समीक्षाले गाए ‘ज्वाइँ साब’को गीत

    काठमाडौं । बसन्त निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो सिनेमाको प्रदर्शन मिति चाँडै नै घोषणा गर्ने तयारी निर्माण टिमको छ ।

    images

    सिनेमाका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

    गीतमा सिनेमाका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचरिङ गरिनेछ । निर्माणपक्षले यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सबै सकेको थियो । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

    रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । सिनेमामा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ