सोमबार, भदौ ३१ गते २०८१

‘नरसिंहा’ मा राजेशको जोडीमा भित्रिन् नीति

‘नरसिंहा’ मा राजेशको जोडीमा भित्रिन् नीति

अखबार दैनिक
आइतबार, साउन २७ २०८१
  • ‘नरसिंहा’ मा राजेशको जोडीमा भित्रिन् नीति

    काठमाडौँ । अभिनेता राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले फिल्म ‘नरसिंहाः अवतार’ मा अभिनेत्रीको रूपमा नीति शाह भित्रिएकी छन् ।

    images

    फिल्म दिवाकर भट्टराईले निर्देशन गर्न लागेका हुन् । नरसिंहाको अर्थ– भगवान विष्णुको उग्र अवतार हो । निर्माणपक्षले बिहीबार फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । 

    सार्वजनिक पोस्टरमा प्रयोग गरेको दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङले फिल्मको कथा युद्ध र शान्तिको हुने सङ्केत गरेको छ । शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले सङ्केत गरेकाले पनि फिल्म द्वन्द्व प्रधान हुने प्रष्ट छ । 

    क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म भदौबाट छायाङ्कनमा जाने तयारीमा छ । फिल्मको लगानी तीन करोडभन्दा माथि बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ