काठमाडौं । उपत्यकाका दुईसहित देशका पाँच जिल्लामा हैजा फैलिएको छ। साउन महिनायता मात्रै पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ।
महाशाखाका अनुसार यस सिजनमा सबैभन्दा बढी ललितपुरमा ३४ जनामा संक्रमण देखिएको छ भने त्यसपछि कैलालीमा आठ, काठमाडौं र प्युठानमा समान २(२ र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो।
महाशाखाका अनुसार पछिल्लो ४८ घण्टामा ललितपुरमा ७ जना, काठमाडौं र रुपन्देहीमा एक(एकजना गरी कुल ९ जनामा हैजा देखिएको छ । इडिसिडीले यो सिजनमा अहिलेसम्म हैजाबाट कसैको ज्यान नगएको समेत स्पष्ट पारेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोग रोकथामका लागि १११५ निस्शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ।