शुक्रबार, मंसिर १४ गते २०८१

नेपाल–बंगलादेश ऊर्जा सम्झौता अनिश्चित

नेपाल–बंगलादेश ऊर्जा सम्झौता अनिश्चित

अखबार दैनिक
बुधबार, साउन २३ २०८१
  • नेपाल–बंगलादेश ऊर्जा सम्झौता अनिश्चित

    काठमाडौं । बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ । ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि पर धकेलिएको बताउँछन् । नेपाल र बंगलादेशबीच साउन दोस्रो साता बिजुली खरिद बिक्री सम्बन्धी सम्झौताको तयारी थियो ।

    images

    बंगलादेशमा आन्दोलनले उग्ररूप लिँदै जाँदा नेपालमा हुने सम्झौताहरू पछाडि धकेलिएका थिए । सोमबार प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेको छ । यसले नेपालसँगको ऊर्जा सम्झौता के हुन्छ भन्ने अन्योल बढेको हो । सहसचिव तथा प्रवक्ता सिंह राजनीतिक परिवर्तन भए पनि स्थायी सरकारसँग नियमित सम्पर्क भइरहेको भन्दै सम्झौता केही पर धकिलिएको बताउँछन् ।

    पछिल्लो तयारी अनुसार सबै वातावरण राम्रो भएको भए यसै साता नेपाल र बंगलादेशबीच ऊर्जा खरिद–बिक्री सम्झौता हुने थियो । बंगलादेशसँग ऊर्जा खरिद बिक्री सम्झौतासँग ऊर्जा सचिव स्तरीय बैठक समेत प्रभावित बनेको छ । विद्युत् खरिद बिक्री सम्झौताका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नै नेपाल आउने तयारी थियो । यसअघि गत असारमै सचिवस्तरीय बैठक बस्ने तयारी थियो ।

    तर, राज्यमन्त्री नै सहभागी हुने भएपछि तत्कालका लागि सचिवस्तरीय बैठक सरेको थियो । बंगलादेशले नेपालबाट पहिलो चरणमा ४० मेगावाट विद्युत् लैजानेबारे सम्झौताको तयारी छ । बंगलादेश सरकारले २९ जेठमा नेपालबाट ४० मेगावाट विद्युत् किन्ने निर्णय गरेको थियो । नेपाल र बंगलादेशबीच ऊर्जा सम्बन्धी क्षेत्रमा काम गर्ने सहसचिव स्तरको वर्किङ ग्रुप र उर्जा सचिव स्तरीय स्टेयरिङ कमिटी सक्रिय बनाइएको छ । बंगलादेशमा बिजुली लैजान भारतले समेत अनुमति दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार