सोमबार, भदौ ३१ गते २०८१

चलचित्र ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

अखबार दैनिक
मंगलबार, साउन २२ २०८१
  • चलचित्र ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउन ३२ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्धमान जारी प्रथाको यथार्थ सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ । 

    images

    लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता द्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्रीको मुख्य भूमिका रहेको छ । 

    शिव ढकालको छायाङ्कन रहेको चलचित्रमा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई काठमाडौँमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ