बिहीबार , भदौ २७ गते २०८१

फेरी डेंगुकै डर: देशभर २३६५ पुग्दा एक जना संक्रमितको मृत्यु

फेरी डेंगुकै डर: देशभर २३६५ पुग्दा एक जना संक्रमितको मृत्यु

अखबार दैनिक
मंगलबार, साउन २२ २०८१
  • फेरी डेंगुकै डर: देशभर २३६५ पुग्दा एक जना संक्रमितको मृत्यु

    गत असारबाट बढ्दै गएको डेंगु संक्रमणबाट मानिसहरूको मृत्यु हुन थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  (ईडीसीडी) का अनुसार यो हप्ता डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

    images

    (ईडीसीडी) का अनुसार २ हजार ३ सय ६५ जना संक्रमितमध्ये एक जनाको मृत्यु भएको हो। डेंगु संक्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ७४७, कोशी प्रदेशमा ५३७ जनामा डेंगु पुष्टि भएको छ।

    त्यसै गरी, गण्डकी प्रदेशमा ५०८, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिममा २४२, मधेस प्रदेशमा ४६ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगु पुष्टि भएको छ।

    जिल्लाअन्तर्गत काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौंमा २८७,कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६, तनहुँमा ११० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले जनाएको छ।

    हालसम्म कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन। डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नुनै त्यसैले बर्षातको समयमा घर वरपर पानी जम्न नदिन विज्ञहरूले यसअघि नै बताउँदै आएका छन्।  डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ