सोमबार, भदौ ३१ गते २०८१

'माइली' को मुहूर्त, भोलिदेखि छायांकन

'माइली' को मुहूर्त, भोलिदेखि छायांकन

अखबार दैनिक
सोमबार, साउन २१ २०८१
  • 'माइली' को मुहूर्त, भोलिदेखि छायांकन

    गत महिना निर्माण घोषणा भएको फिल्म 'माइली' को शुभमुहूर्त गरिएको छ। सोमबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा गरिएको मुहूर्तमा फिल्मका कलाकारसहितको टिम उपस्थित रहे। 

    images

    बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, कुसुम शर्मा, सुष्मा लामा, अंशु महर्जनलगायत कलाकारहरूको अभिनय रहनेछ।

    गायिका कमला घिमिरेको यो पहिलो फिल्म हो। निर्देशक बलामीका अनुसार सत्य घटनामा आधारित रहेर यो फिल्म निर्माण हुनेछ। फिल्ममा महिलाको पीडा देखाइने उनले बताए। 

    फिल्मको छायांकन भोलिदेखि सुरू हुने मुहूर्त समारोहमा जानकारी दिइयो। काठमाडौंबाट फिल्मको छायांकन सुरू हुन लागेको हो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ