सोमबार, भदौ ३१ गते २०८१

टिजरमा यस्तो देखियो फिल्म ‘देवी’

टिजरमा यस्तो देखियो फिल्म ‘देवी’

अखबार दैनिक
आइतबार, साउन २० २०८१
  • टिजरमा यस्तो देखियो फिल्म ‘देवी’

    काठमाडौँ । भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३० सेकेण्डको टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेस गर्छ । 

    images

    क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । कथा समेत निर्देशक राईको रहेको फिल्म लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्ममा निर्माण सहकार्य बाँसुरी फिल्मस्को छ । 

    नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ । सन्जेन थापाको एक्सन, रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायाङ्कन गरेको फिल्म मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ