बुधबार, कात्तिक १४ गते २०८१

केरलाको पहिरोमा परेर मर्नेको संख्या १७८ पुग्यो

केरलाको पहिरोमा परेर मर्नेको संख्या १७८ पुग्यो

अखबार दैनिक
बिहीबार , साउन १७ २०८१
  • केरलाको पहिरोमा परेर मर्नेको संख्या १७८ पुग्यो

    एजेन्सी । भारतको केरला राज्यको वायनाड जिल्लामा गएको पहिरोमा परी अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै बेपत्ता रहेको समाचारमा जनाइएको छ । पहिरोमा परी मृत्यु हुनेमा ८१ पुरुष, ७१ महिला र २६ बालबालिका रहेका छन् । वायनाडमा पहिरोपछि उद्धार कार्यका लागि ८८ वटा राहत शिविरहरू स्थापना गरिएको छ । जहाँ ८ हजार ६२७ जना पहिरो प्रभावितलाई राखिएको बताइएको छ ।

    images

    मङ्गलबार बिहान १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरामाला, मुन्डक्काइसहित चार गाउँमा व्यापक क्षति गराएको समाचारमा उल्लेख छ ।

    ‘एक हप्ता पहिले नै वर्षा र पहिरोको अलर्ट दिइएको थियो, त्यसपछि पनि उनीहरूलाई धेरै पटक सम्भावित जोखिमबारे भनिएको थियो ।  तर केरला सरकारले चेतावनीलाई बेवास्ता गर्याे ,’ बुधबार गृहमन्त्री अमित शाहले वायनाड घटनाबारे संसदमा भनेका थिए । केरलाका मुख्यमन्त्री पिनराई विजयनले भने शाहको दाबीको खण्डन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार