बुधबार, कात्तिक १४ गते २०८१

देशभर २ हजार भन्दा बढिमा डेंगी संक्रमण,सबैभन्दा धेरै काठमाडौंमा

देशभर २ हजार भन्दा बढिमा डेंगी संक्रमण,सबैभन्दा धेरै काठमाडौंमा

अखबार दैनिक
बुधबार, साउन १६ २०८१
  • देशभर २ हजार भन्दा बढिमा डेंगी संक्रमण,सबैभन्दा धेरै काठमाडौंमा

    काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएका छन् ।
     
    जुलाईका २९ दिनमा ५७४ संक्रमित थपिएका हुन् । डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६६६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २४९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

    images

    झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगी पुष्टि भएको छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार