सोमबार, मंसिर १० गते २०८१

पोखरा स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु, २८ जना उपचारत

पोखरा स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु, २८ जना उपचारत

अखबार दैनिक
सोमबार, साउन १४ २०८१
  • पोखरा स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु, २८ जना उपचारत

    पोखरामा भएको स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परी आमाछोराको मृत्यु हुँदा २८ जना उपचारत छन्। एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु हो।

    images

    दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

    आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं.को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । .

    प्रतिक्रिया दिनुहोस

    थप समाचार