सोमबार, भदौ ३१ गते २०८१

चलचित्र ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक

चलचित्र ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक

अखबार दैनिक
आइतबार, साउन १३ २०८१
  • चलचित्र ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक

    काठमाडौं । आगामी असोज ३ गते प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतवार सार्वजनिक चलचित्रको पोस्टरमा अभिनेता हरिहर अधिकारी ,कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ ।

    images

    नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । चलचित्रमा नीता ढुंगाना, ब्रह्मा नन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

    अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

    नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो चलचित्र रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ