सोमबार, भदौ ३१ गते २०८१

अमेरिकाका सात शहरमा सांगीतिक यात्रा गर्दै नेपथ्य

अमेरिकाका सात शहरमा सांगीतिक यात्रा गर्दै नेपथ्य

अखबार दैनिक
आइतबार, साउन १३ २०८१
  • अमेरिकाका सात शहरमा सांगीतिक यात्रा गर्दै नेपथ्य

    नेपथ्यले आगामी महिना अमेरिकामा शृङ्खलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ । नेपालीपनमा रमाउने संशरभरका श्रोता दर्शकहरूलाई लोकरकका माध्यमबाट नेपथ्यले जोड्दै आएको छ । नेपथ्य छैठौँपटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो । ब्याण्डले यसपटकको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सात शहरका मञ्चहरूमा आफूलाई प्रस्तुत गर्नेछ ।

    images

    संगीत यात्राका निम्ती आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ मा कोलोराडोको राजधानी डेनभरमा प्रस्तुति दिनेछ । यो स्थानमा नेपथ्यले पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो । डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ‘बोल्डर थिएटर’मा नेपथ्यले पहिलो कोशेली प्रस्तुत गर्नेछ ।

    त्यसपछिको दोस्रो प्रस्तुति सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० मा हुनेछ । क्यालिफोर्निया राज्यको यसै शहरस्थित यसै हलमा आठ वर्षअघि पनि नेपथ्यले आफूलाई उभ्याइसकेको छ ।

    तेस्रो प्रस्तुतिको निम्ति भने ब्याण्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्याण्डले अगस्त १७ मा आफूलाई प्रस्तुत गर्नेछ । यो शहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ ।

    चौथो कन्सर्ट टेक्सास राज्यमा हुनेछ । टेक्सासको सबैभन्दा घना आवादी भएको शहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो । यसपालि ब्याण्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफूलाई उभ्याउँदै छ । टेक्सासका नेपाली दर्शकहरूलाई अगस्त २४ मा नेपथ्यले प्रस्तुति दिनेछ ।

    त्यसपछि नेपथ्य शहर न्युयोर्कमा पुग्नेछ । न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपटक ‘टर्मिनल फाइभ’ मा आफ्ना लोकरक धुनहरू पस्कने छ । अगस्त ३० मा न्युयोर्कमा नेपथ्यले प्रस्तुति दिनेछ ।

    न्यूयोर्कपछि नेपथ्य मेरिल्याण्ड जाने छ। सेप्टेम्बर १ मा मेरिल्याण्डको ‘द हल एट लाइभ’मा नेपथ्यले आफ्नो प्रस्तुति दिनेछ ।

    यसपटक अमेरिकामा नेपथ्यको अन्तिम तथा सातौँ प्रस्तुति पेन्सिलभानियाको ह्यारिसवर्गमा हुनेछ । ‘द फोरम अडिटोरियम’ मा सेप्टेम्बर ७ मा नेपथ्यले आफ्नो कला र गला देखाउनेछ ।

    नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डीसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरूमा ब्याण्डले न्युयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।

    अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको अधिकारिक वेबसाइटमार्फत् आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ