आइतबार, भदौ २३ गते २०८१

चलचित्र ‘ईश्वर’ आजबाट देशभर प्रदर्शनमा

चलचित्र ‘ईश्वर’ आजबाट देशभर प्रदर्शनमा

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • चलचित्र ‘ईश्वर’ आजबाट देशभर प्रदर्शनमा

    काठमाडौं । राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘ईश्वर’ आजबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टीप्लेक्समा न्युन शो पाएपनि सिंगल स्क्रिनमा भने राम्रो  शो पाएको छ । शुक्रबार कुनैपनि ठुलो चलचित्र रिलिज नहुनुको फाइदा ‘ईश्वर’ लाई मिलेको हो ।

    images

    चलचित्र ‘ईश्वर’मा अन्तरजातीय प्रेम सम्बन्धको कथालाई देखाइएको छ ।चलचित्रमा अनु शाह, सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, पृथ्वीराज प्रसाई, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बाँस्तोला, युवराज गिरी लगायतको अभिनय रहेको छ । लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा हरिबहादुर थापा हुन् ।

    निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेकोचलचित्रमा रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत छ ।

    ‘ईश्वर’सँगै शुक्रबारदेखि आरएल लामा मोक्तान निर्देशित चलचित्र ‘ब्ल्याक छायाँ’ पनि हलमा लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ