शुक्रबार, कात्तिक २ गते २०८१

यूएईमा मृत्युदण्ड सुनाइएका भुवन नेपाल फर्किए , पहलमान फर्किदै

यूएईमा मृत्युदण्ड सुनाइएका भुवन नेपाल फर्किए , पहलमान फर्किदै

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • यूएईमा मृत्युदण्ड सुनाइएका भुवन नेपाल फर्किए , पहलमान फर्किदै

    ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ नेपाल फर्किएका छन्। संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका भुवन बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका उनका बुबा यमनारायण श्रेष्ठले जानकारी दिए।

    images

    भुवन र धादिङको नेत्रावती ४ का पहलमान थापा मगरलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, हत्या गरिएका भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर भुवन नेपाल फर्किएका हुन् भने पहलमान पनि फर्किदै छन् ।

    उनीहरूविरुद्ध नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ। युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन्। कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ। त्यसपछि दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ