शुक्रबार, कात्तिक २ गते २०८१

वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन

वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन

    वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। झापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ सहितका लोक गीत निकै चर्चित छन्।

    images

    वि.सं.१९९३ सालमा धनकुटामा जन्मिएका जोशी पछि झापा बसाइँ सरेका थिए। विर्तामोडस्थित घरमा बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका उनलाई उपचारको लागि अस्पताल लैजानेक्रममा निधन भएको हो। जोशी लामो समयदेखि मधुमेहका बिरामी थिए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ