आइतबार, भदौ २३ गते २०८१

रूसमा हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

रूसमा हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

अखबार दैनिक
बिहीबार , साउन १० २०८१
  • रूसमा हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

    रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् । हेलिकप्टर रूसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार संस्था (तास) ले रक्षा मन्त्रालयको एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

    images

    प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर प्राविधिक समस्याका कारण दुर्घटना भएको इन्टरफ्याक्सले उल्लेख गरेको छ । युक्रेनको सीमाबाट करिब १५० किलोमिटर टाढाको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय अधिकारीले बताएका छन् ।

    हेलिकप्टरको दुर्घटना प्राविधिक कारणले भएको वा आक्रमणका कारण भएको भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् । रासस/एएफपी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ