बुधबार, कात्तिक ५ गते २०८३

सौर्य एयरलाइन्स दुर्घटना : कस्तो छ घाइते पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

सौर्य एयरलाइन्स दुर्घटना : कस्तो छ घाइते पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

अखबार दैनिक
बिहीबार , साउन १० २०८१
  • सौर्य एयरलाइन्स दुर्घटना : कस्तो छ घाइते पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

    काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भई बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन् ।  बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो ।

    अस्पतालका एक अधिकारीका अनुसार शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन् । ‘उहाँको ढाडको हड्डी दुई वटा ठाउँमा भाँचिएको छ, जसलाई ढाडको लम्बर भन्छौँ । त्यसको अप्रेसनपछि गर्नुपर्ने भनिएको छ ।’ उनी थप भन्छन्, ‘सीटीस्कानबाट हड्डी भाँचिएको देखिएको थियो, त्यसबारे के गर्ने हो भन्ने विषयमा सम्बन्धित डाक्टरसँग समन्वय गर्छौँ ।’

    शाक्यको शरीरमा थप जटिलता पहिचान गर्नका लागि आज एमआरआई गर्ने ती अधिकारीले बताए । शाक्यलाई अस्पतालको न्युरो सर्जरी आइसियुमा राखिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ