सोमबार, मंसिर १० गते २०८१

जहाज दुर्घटनामा १८ जनाको मृत्यु हुँदा, कसरी बाँचे क्याप्टेन शाक्य ?

जहाज दुर्घटनामा १८ जनाको मृत्यु हुँदा, कसरी बाँचे क्याप्टेन शाक्य ?

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • जहाज दुर्घटनामा १८ जनाको मृत्यु हुँदा, कसरी बाँचे क्याप्टेन शाक्य ?

    सौर्य एयरलाइन्सको बुधबार भएको विमान दुर्घटनामा १९ मध्ये १८ जनाको ज्यान गयो । बाँचेका विमानका चालक मनिषराज शाक्यको अवस्था खतरामुक्त रहेको बुझिएको छ । स्रोतका अनुसार शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान कन्टेनरमा ठोक्किँदा अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो ।

    images

    ‘हामीले क्याप्टेन शाक्यलाई कन्टेनरभित्रबाट निकालिएका हौँ’, विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले भने । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको विमान आधा मिनेट पनि नबित्दै विमानस्थलको एक छेउमा राखिएको कन्टेनरलाई धक्का दिँदै तल बजारिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार