सोमबार, मंसिर १० गते २०८१

दुर्घटना अपडेट  : विवरणअनुसार १८ जनाको शव निकालियो (नामसहित )

दुर्घटना अपडेट  : विवरणअनुसार १८ जनाको शव निकालियो (नामसहित )

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • दुर्घटना अपडेट  : विवरणअनुसार १८ जनाको शव निकालियो (नामसहित )

    काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको पाइएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । जसमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।

    images

    विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शाक्य सन् २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् ।

    surya-air-passanger-list.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार