आइतबार, भदौ २३ गते २०८१

एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

अखबार दैनिक
मंगलबार, साउन ८ २०८१
  • एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं ।  एसीसी वुमन्स एसिया कप-२०२४ अन्तर्गत आज नेपालले उपाधि दाबेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको समूह चरणअन्तर्गत यो अन्तिम खेल हो । यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

    images

    सेमिफाइनलमा पुग्नको लागि आज नेपालले जित्नै पर्ने हुन्छ । आज नै पाकिस्तानले पनि यूएईसँग समूह चरणको अन्तिम खेल खेल्दैछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

    पाकिस्तानले यूएईलाई पराजित गरेमा नेपालले भारतलाई हराउनै पर्ने हुन्छ । पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भए पनि पाकिस्तानसँग रनरेटको हिसाब हुनेछ । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ