आइतबार, मंसिर ९ गते २०८१

भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

अखबार दैनिक
सोमबार, साउन ७ २०८१
  • भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

    भारतको केरल राज्यमा निपाह भाइरस देखिएको छ । सो भाइरसका कारण १४ वर्षीय किशोरको मृत्यु भएको छ । ६० जनालाई ‘हाइ रिस्क क्याटागोरी’मा राखिएको राज्यका स्वास्थ्यमन्त्री वीना गर्गले बताएकी छन् ।

    images

    केरलको विभिन्न भागमा देखिएको यो भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने गत वर्ष रोयटर्सले गरेको एक अनुसन्धानले देखाएको थियो । सो भाइरस चमेरो र सुँगुरबाट फैलिने बताइएको छ । यसले मानिसको गिदी सुन्निने तथा ज्वरो आउने हुन्छ ।

    त्यसबाट जोगिन भ्याक्सिन नभएको र उपचार पनि नहुने जनाइएको छ । भाइरस संक्रमण भएका ती किशोरको आइतबार हृदयघातको कारण मृत्यु भएको राज्यका स्वास्थ्यमन्त्री गर्गले स्थानीय सञ्चार माध्यममा जनाइएकी छन् ।

    उनले निपाहको नियन्त्रणका लागि स्थानीय सरकारले २५ वटा कमिटी बनाएको बताइन् । त्यसले रोगको पहिचान गरी प्रभावित व्यक्तिलाई आइसोलेसनमा राख्ने जनाएकी छन् ।

    सो भाइरस संक्रमितको सम्पर्कमा भएका २१४ जनालाई प्राथमिक सूचीमा राखिएको र तीमध्ये ६० जना ‘हाइ रिस्क क्याटागोरी’मा भएको जनाइएको छ ।

    ती व्यक्तिका परिवारका सदस्यलाई अबजर्भेसनको लागि स्थानीय अस्पतालमा राखिएको जनाइएको छ । केरलको राजधानी थिरुभनाथपुरमबाट ३०० किमी टाढा मालापुरममा सो भाइरस पछिल्लो पटक देखिएको हो ।

    सो राज्यमा यो रोग २०१८ मा पनि देखिएको थियो । सो भाइरस पहिलोपटक २५ वर्ष अघि मलेसियामा देखिएको थियो । पछि बंगलादेश, भारत र सिंगापुरमा पनि फैलिएको थियो । सीएनएन

    प्रतिक्रिया दिनुहोस

    थप समाचार