ललितपुर । ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल (जुद्ध वारुण यन्त्र) मर्मतपछि सञ्चालनमा ल्याएको छ । झन्डै ४० वर्षयता प्रयोगमा नआएको उक्त दमकल मर्मत संहार गरेर आजबाट सञ्चालनमा ल्याइएको हो ।
उक्त दमकलको मोहन प्रसाद नहकर्मीले मर्मत गरेका हुन् । विभिन्न देशबाट आवश्यक पुर्जा सङ्कलन गरेर नहकर्मीले दमकल मर्मत गरेका हुन् । यो दमकल प्रयोगमा आएसँगै ललितपुर महानगरसँग रहेको दमकलको सङ्ख्या ६ पुगेको छ ।