सोमबार, मंसिर १० गते २०८१

रौतहटमा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते

रौतहटमा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते

अखबार दैनिक
शुक्रबार, साउन ४ २०८१
  • रौतहटमा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते

    रौतहटमा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृङ्खल गतिविधि भएपछि धकेलाधकेलको स्थिति सिर्जना भएको थियो । केही युवाहरू उच्छृङ्खल भइरहँदा प्रहरीले माइकिङ गरेर शान्त रहन आग्रह गरेको थियो ।

    images

    तर, सोही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो । जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन् ।

    स्थिति नियन्त्रणमा लिन १२० प्रहरी खटिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । त्यसपछि स्थिति नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार