सोमबार, मंसिर १० गते २०८१

पश्चिम नवलपरासीमा सर्पले टोक्दा युवतीको मृत्यु

पश्चिम नवलपरासीमा सर्पले टोक्दा युवतीको मृत्यु

अखबार दैनिक
शुक्रबार, साउन ४ २०८१
  • पश्चिम नवलपरासीमा सर्पले टोक्दा युवतीको मृत्यु

    पश्चिम नवलपरासीमा सर्पले टोक्दा एक जना युवतीको मृत्यु भएको छ ,शुक्रबार बिहान ३ बजे बर्दघाट नगरपालिका वडा नम्बर १४ बस्ने २० वर्षीया सोनिया खनाललाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए।

    images

    पिसाब फेर्न शौचालय जाँदा बायाँ खुट्टामा सर्पले टोकेको हो। सर्पले टोकेपछि उनको उपचारका लागि स्थानीय सरोज मेडिकल अस्पतालमा लगिएको थियो।

    त्यहाँ सामान्य उपचारपछि जिल्ला अस्पताल परासी लगिएकोमा पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी बोहराले बताए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार