सोमबार, मंसिर १० गते २०८१

तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

बिहीबार , साउन ३ २०८१
  • तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

    नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ । बुधबार व्यास गाउँपालिका-१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

    images

    चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिङ्करनाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार