आइतबार, भदौ २३ गते २०८१

सुष्माको तीज गीत 'तिते करेली' सार्वजनिक

सुष्माको तीज गीत 'तिते करेली' सार्वजनिक

अखबार दैनिक
बिहीबार , साउन ३ २०८१
  • सुष्माको तीज गीत 'तिते करेली' सार्वजनिक

    काठमाडौंँ । पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वर रहेको तीज गित ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत प्रमोद भुसालको रहेको छ ।

    images

    गीतमा कृष्ण बाजुरालीको संगीत संयोजन रहेको छ ।  म्युजिक भिडियोमा गायिका स्वयम सुष्मा, मोडल नारायणी खत्री, सञ्चिता बोलाखे उमराज थापा लगायतको अभिनय छ ।

    प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् । भिडियो प्रमोद भुषालको अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको हो ।

    यसअघि गायिका सुष्मा र प्रमोदले आफ्नो स्वरमा लोकदोहोरी गीत ‘गठबन्धन’ सार्वजनिक गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ