सोमबार, मंसिर १० गते २०८१

सिमलताल घटना अध्ययनको लागि गृहमन्त्रालयद्वारा गठित कार्यदलले थाल्यो काम

सिमलताल घटना अध्ययनको लागि गृहमन्त्रालयद्वारा गठित कार्यदलले थाल्यो काम

अखबार दैनिक
बुधबार, साउन २ २०८१
  • सिमलताल घटना अध्ययनको लागि गृहमन्त्रालयद्वारा गठित कार्यदलले थाल्यो काम

    काठमाडौं । चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएको घटनाको अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम सुरु गरेको छ ।

    images

    गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । १०  दिनको समय दिइएको कार्यदलले बुधबार घटनास्थल पुगेर अध्ययन थालेको हो । 

    रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी छन् । आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ ।

    गत असार २८ गते भएको दुर्घटनामा बसमा सवार ६५ मध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार