आइतबार, भदौ २३ गते २०८१

एफबीआईले सार्वजनिक गर्‍यो ट्रम्पलाई गोली हान्ने व्यक्तिको परिचय

एफबीआईले सार्वजनिक गर्‍यो ट्रम्पलाई गोली हान्ने व्यक्तिको परिचय

अखबार दैनिक
आइतबार, असार ३१ २०८१
  • एफबीआईले सार्वजनिक गर्‍यो ट्रम्पलाई गोली हान्ने व्यक्तिको परिचय

    एजेन्सी । अमेरिकाको सङ्घीय अनुसन्धान विभाग (एफबीआई) ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली हान्ने व्यक्तिको पहिचान खुलाएको छ ।

    images

    एफबीआईका अनुसार ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्ति २० वर्षका थोमस म्याथ्यू क्रुक्स हुन् । उनको पहिचान पुष्टि गर्न एफबीआईले डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने बताएको छ ।

    एफबीआईका अनुसार क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा हुन् । ट्रम्पको हत्याको प्रयास भएको ठाउँबाट यो ७० किलोमिटर जति टाढा छ ।

    ‘अनुसन्धान अझै जारी छ, अनुसन्धानमा सहयोग गर्न सक्ने जानकारी भएका जो कोहीले फोटो वा भिडियो अनलाइनबाट बुझाउन सक्नेछन्’ एफबीआईले आफ्नो विज्ञप्तिमा भनेको छ । ट्रम्पलाई चुनावी र्यालीमा गोली प्रहार भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ